आइसक्रिम चाट्दा ३० दिन जेल, १ हजार ५ सय ६५ डलर जरिवाना !

काठमाडौं । अमेरिकाको टेक्ससमा एउटा वालमार्ट सुपरमार्केटमा बेच्न राखिएको आइसक्रिम चाट्दै गरेको भिडिओ सामाजिक सञ्जालमा हाल्ने एक व्यक्तिलाई ३० दिन जेल सजाय सुनाइएको छ ।

भिडिओ २४ वर्षीय डीुएड्रियन एन्डरसनले सन् २०१९को अगस्ट महिनामा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । भिडिओमा उनले आइसक्रिम चाटेर फेरी फ्रिजमा फिर्ता राखेको देखिन्छ ।

पसलको सीसीटीभी क्यामरामा भने उनले भिडिओ खिचिसकेपछि सो आइसक्रिम झिकेर किनेको देखिन्छ । उनलाई अदालतले छ महिनाको निलम्बित जेल सजाय, १०० घन्टाको ज्याला नपाउने काम, १,००० अमेरिकी डलर जरिबाना र आइसक्रिम कम्पनीलाई १,५६५ डलर तिर्नुपर्ने आदेश सुनाएको छ ।

अमेरिकी टीभी एबीसीका अनुसार एन्डरसन र उनका बाबुले प्रहरीलाई सो आइसक्रिम किनेको बिल देखाएका थिए । तर, भिडिओ सार्वजनिक भएपछि आइसक्रिम कम्पनी ब्लू बेल क्रिमरीज्‌ले सो फ्रिजको सबै आइसक्रिम फेरेको थियो ।

एन्डरसनले अदालतमा आफूबाट गल्ती भएको स्वीकारेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?