काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष तथा नेपालका एक मात्र अर्बपति बिनोद चौधरीले ‘ग्लोबल विजनेश समिट’ लाइ सम्बोधन गर्ने भएका छन् । भारतको इकोनोमिक टाइम्सले आयोजना गरेको उक्त कार्यक्रममा चौधरीले सम्बोधन गर्ने भएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले उद्घाटन गर्ने उक्त समिट शुक्रवार र शनिवार हुने भएको हो । त्यससँगै भारतका अन्य वरिष्ठ ७ मन्त्रीहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको इकोनोमिक टाइम्सले जनाएको छ ।
टाइम्सका अनुसार उक्त समिटमा विश्व विख्यात कम्पनीका प्रमुख कार्यकारी तथा विश्वमा विजनेश, टेक्नोलोजी तथा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएका व्यक्तिहरुको उपस्थिति उक्त कार्यक्रममा रहेको छ ।
मोदी गुजरातको मुख्यमन्त्री रहेका बेलादेखी नै चौधरीसँग निकट सम्बन्ध रहँदै आएको थियो । भने सम्बोधन पछि चौधरीले शुक्रवार साझ मोदीलाई भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया