कोरोनाले विश्व अर्थतन्त्रमा असरः नेपालको जिडिपीमा ०.१३ प्रतिशतसम्म गिरावट हुनसक्ने !

काठमाडौं । चीनको वुवान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण जनजीवनमा मात्र नभइ आर्थिक क्षेत्रमा समेत ठुलो असर परेको छ । स्वास्थ्य क्षेत्रमा विश्व संकटको रुपमा हेरिएको उक्त महामारीको कारण विश्वमा ठूलो मात्रामा आर्थिक क्षति हुने एसियाली विकास बैंकको प्रारम्भिक अध्ययनले देखाएको छ ।

साथै यस किसिमको भाइरसको प्रभाव जति मात्रामा बढ्दै जान्छ त्यति नै आर्थिक क्षेत्रमा प्रभाव पर्ने आंकलन बैंकको रहेको छ । हाल कोरोनाको कारण पर्यटन, होटल व्यवसाय, ट्राभल व्यवसाय, विभिन्न व्यापारिक माध्ययमहरुमा र समग्र अर्थतन्त्रमा नै प्रभाव परिरहेको छ । अझैपनि त्यसको दीर्घकालिन रोकथाम तथा औषधी पत्ता लाग्न नसक्नुले भोलिका दिनमा अर्थतन्त्रमा झनै प्रवाव पर्दै जाने बैंकको आंकलन रहेको छ । बैंकको मुल्यांकन अनुसार कोरोनाका कारण एसियन मुलुकहरुले धेरै तथा विश्वका सबै मुलुकले त्यसको प्रत्यक्ष असर पर्ने देखिन्छ ।

सन् २०२१ को सुरुदेखि नै संसारभर लागेको ट्राभल प्रतिबन्धले गर्दा अहिलेसम्म १५६ अर्ब अमेरिकी डलरको घाटा विश्वले बेहोर्ने बैंकले बताएको छ। यो भनेको विश्वको कूल ग्राहस्थ उत्पादनको ०.२ प्रतिशत हो।

त्यसरी लगाइने प्रतिवन्धका कारण भने सबैभन्दा बढि क्षति चीनमा पर्ने देखिएको छ । जसमध्ये चीनले मात्र १०३ अर्ब अमेरिकी डलर क्षति व्यहोर्ने आंकलन गरिएको छ । जुन चीनको कुल ग्राहस्थ उत्पादनको ० दशमलव ८ प्रतिशत हो ।

साथै अहिलेसम्मको अवस्थाले भने संसारभर यसको क्षति ७७ अर्ब डलर हुने छ भने त्यसको अनुपात बढन गएमा १ सय ५६ अर्ब हुनेछ । र त्यसको खराब प्रभाब करिब ३ सय ४७ अर्ब डलरसम्मको क्षती हुनसक्ने बैंकले आंकलन गरेको छ । जुन जिडिपीको शुन्य दशमलव ४ प्रतिशत हो ।

त्यस्तै बैंकको आंकलन अनुसार नेपाली अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादनको ० दशमलव ०४ प्रतिशतसम्म क्षती हुनसक्ने अनुमान बैंकको रहेको छ । जसका कारण बैंक, पर्यटन, व्यापार तथा सार्वजनिक सेवाको क्षेत्रमा धेरै क्षती हुने अनुमान रहेको छ । साथै त्यस्तो क्षति ० दशमलव १३ प्रतिशतसम्म हुने बैंकको मुल्यांकनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?