कोरोनाको डरले धनगढीमा स्कुलको परीक्षा स्थगित, २५ गतेबाट सबै शिक्षण संस्था बन्द गरिने

काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वयव्यापि रुपमा फैलदैँ गएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम रहेको घोषणा गरेको छ । नेपाल सरकारले यसबाट जोगिन आग्रह गरेको छ । नेपाल सरकारले यसबाट बच्न सचेतना जगाइरहेको छ ।

यता धनगढी उप–महानगरपालिकाले पालिका भित्रका सम्पूर्ण विद्यालयहरुलाई विदा दिने निर्णय गरेको छ ।

शुक्रबार शिक्षा सरोकारबालाहरुसँग बसेको बैठकले उक्त निर्णय गरेको हो ।

पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा सञ्चालन हुने आधारभुत तह अन्तिम परीक्षा तथा विद्यालयका आन्तरीक परीक्षा र सम्पूर्ण पठनपाठनका क्रियाकलाप अर्को सूचना नभएसम्मका लागि २५ गतेबाट बन्द गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?