अमेरिकाको ओक्लोहामा राज्यमा एक बलात्कारका दोषीलाई दृष्टिविहीन भएका कारण जेल सजाय नभएपछि महिलाअधिकारवादी संस्थाहरु रुष्ट बनेका छन् ३६ वर्षीय बेन्जामिन लरेन्स पेटीमाथि १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेको छ । बेन्जामिनले चर्चको क्याम्पमा आएकी बालिकाको हात बाँधेर बलात्कार गरेर कसैलाई नभन्न धम्की दिएका थिए स्थानीय वकिलले बेन्जामिन दृष्टिविहीन भएका कारण उनलाई जेल सजाय हुन नसकेको बताएका छन् । पीडित बालिकाका परिवारले पनि अदालतको यो फैसलालाई स्वीकार गर्ने बताएको छ ती बालिका सन् २०१६ को टेक्सास चर्चको फल्स क्रिक क्याम्पमा आएका बेला यो घटना भएको थियो । त्यसबेला पेटीले क्याम्पमा भान्सामा काम गरेका थिए । यो क्याम्प संसारकै सबैभन्दा ठूलो क्याम्पमध्ये एक हो । जहाँ हरेक वर्ष गर्मीमा समर क्याम्पका लागि ५० हजारभन्दा बढी युवाहरु आउने गर्दछन् बेन्जामिनले बलात्कार, बच्चासँग जबर्जस्ती गरेको आरोप स्वीकार गरेपछि उनीविरुद्धको जेलको सजाय माफ गरिएको थियो । मुर्रे काउन्टीका सहायक जिल्ला वकिल डेभिड पाइलले भने, ‘अपराधी व्यक्ति दृष्टिविहीन हुन् र पीडित बच्चाको आमाबुवा र बालिका आफैंपनि सो राज्यभन्दा बाहिर बस्छन् र उनीहरु पनि यो घटनाका लागि पटक पटक अदालत जान चाँहदैनन् । त्यसकारण पनि दोषी भएपनि सजाय माफ गरिएको हो ।’घरेलु हिंसा र यौन उत्पीडनका विरुद्ध बनेका गैर सरकारी संगठन ओक्लाहोमाको आलिशनकी कार्यकारी निर्देशक क्यान्डिडा मेनियानले भनिन्, ‘यदि दोषीलाई कुनै कारण अपांग भएकाले सजाय नदिने हो भने यसको गलत सन्देश जान्छ ।’मेनियान भन्छन्, ‘आपराधिक न्याय व्यवस्थामा यौन उत्पीडनलाई लिएर जानकारीको कमी छ । हिंस्रक अपराध गर्नेहरुले फेरि पनि अपराध गर्छन् ।’क्याम्प र यो सञ्चालन गर्ने चर्चका विरुद्ध बालिकाको तर्फबाट मुद्दा लडिरहेका ब्रुस रोबर्टसनले भने बालिकाको परिवारले स्वास्थ्यका कारण दोषीलाई सजाय मिल्नैपर्छ भन्ने नरहेको बताएपछि अपराध स्वीकार गर्ने सम्झौता भएको बताएका छन् । उनले भने, ‘यसैकारण परिवारले जेल सजाय नदिएपनि विरोध गरेन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया