चाणक्यका यी ७ महान वचनले तपाईको जीवन बदल्छ

काठमाडौं । यदि चाणक्य (कौटिल्य) थिएनन् भने राजा चन्द्रगुप्त मौर्य यति सफल हुँदैन थिए र उनको राजा बन्ने सम्भावना पनि सायदै थियो ।

महान विद्वान चाणक्यलाई राजनीतिका र अर्थशास्त्रका ज्ञाता मान्ने गरिन्छ। उनको धर्म सम्बन्धीको व्याख्या यति गहिरो र अचुक छ कि, जसले हर कोहीलाई पनि जीवन जिउने सही बाटो निर्धारण गरिदिन्छ ।

१. वर्तमानलाई श्रेष्ठ बनाउनुहोस्

चाणक्य भन्छन्, जुन समय बितेर गयो, त्यसको पछुतो गर्नुको कुनै अर्थ छैन । यदि बितेका दिनमा कुनै गल्ती भए त्यसबाट पाठ सिकेर वर्तमानलाई श्रेष्ठ बनाउने प्रयास गर्नुपर्दछ।

२. धनमा लोभ नगरौं

जुन धन असाध्यै कठिनताका साभ प्राप्त हुन्छ, जसका लागि आफ्नो धर्म त्याग्नुपर्छ, जुन धन पाउनका लागि सत्रुको चाकडी गर्नुपर्छ, त्यस्तो धनमा मोह गर्नुहुदैन ।

३. कामको आरम्भ गर्ने हो भने

यदि कुनै पनि कामको आरम्भ गर्ने हो भने तीन वटा कुरामा विशेष ध्यान दिनुपर्दछ । पहिलो कुरा, तिमी के गर्न चाहन्छौ ? दोस्रो, त्यस कामको नतिजा के हुनसक्दछ ? र तेस्रो, के यसबाट तिमीलाई सफलता मिल्छ ?

४. सजग हुनु

सर्प यदि विषालु छैन भने पनि त्यसले डर देखाउँदछ । किनभने यदि उसले आफु स्वयमलाई विषहिन शिद्ध गरेमा उसको प्राण संकटमा पर्दछ।

त्यसैगरी कुनैपनि व्यक्तिलाई नोक्सान हुने काम गर्नु हुँदैन । यद्यपि कसैले आफूलाई कमजोर सम्झेर आफूमाथि हाबी हुने कोशिष गरेमा उसलाई महसुष गराउनुपर्दछ कि, म कमजोर छैन ।

म आफूप्रति सजग छु भन्ने कुरा दर्शाउनुपर्दछ ।

५. असल गुण

कुनै वस्तुको सुगन्ध फैलाउनका लागि चिसो बयरको जरुरत हुन्छ, त्यसैगरी व्यक्तिको गुण वा योग्यतालाई पनि मुखले भनिरहनु आवश्यक्ता छैन ।

यो स्वतः प्रसारित हुन्छ सुगन्ध जस्तै । जसरी सुगन्धलाई दबाएर राख्न सकिदैन त्यसैगरी राम्रो गुण पनि दबाएर राख्न सकिदैन ।

६. खराब मित्र

जो मित्र आफ्नो अगाडि मिठो कुरा गर्दछ तर आफ्नो पछाडि भने कुरा काट्न थाल्छ, त्यस्तो मित्र त्याग्नु नै राम्रो हुन्छ ।

७. कमजोर चरित्रका साथी

आत्माले कमजोर र चरित्रले दुर्वल व्यक्तिसँग कहिल्यै मित्रता गाँस्नु हुँदैन । किनभने उनले तपाईँमाथि त्यसबेला आक्रमण गर्न सक्दछ, जतिबेला तपाईं कमजोर हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?