प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो : अस्पताल

काठमाडौं । बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शमौ ओलीको स्वास्थ्यमा क्रमि सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको र आजदेखि हिँडडुल गराउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी गराए ।

उनका सबै ल्याव सूचकहरु सामान्य रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको अवस्था पनि राम्रो रहेको खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?