काठमाडौं । हामीले महान व्यक्तित्वहरुका महान भनाईहरु सुनिरहेका नै छौँ र हुन्छौँ पनि । तर महान व्यक्तित्वहरुले हाम्रो जीवनमा मेल खाने कुराहरु आफ्नो जीवनमा घटेका, आफूले, भोगेका, देखेका र सुनेका कुराहरुको माध्यमबाट सरल र सबैले बुझ्ने भाषामा बताईदिएका छन् ।
तर आज हामीले यस्ता भनाईहरुको बारेमा तपाईलाई जानकारी दिनेछौँ, ति भनाईहरु तपाईको जीवनमा पनि मेल खान्छ र मनोरञ्जन पनि दिलाउँदछ ।
विश्वका महान व्यक्तित्वहरुले भनेका यी सात महान भनाईहरुबाट तपाईले मनोरञ्जन पनि लिन सक्नुहुन्छ र साथमा ति भनाईहरुको बारेमा पनि गहन चिन्तन र मनन गर्न सक्नुहुनेछ ।
१. जस्तो भए पनि विवाह गर, पत्नी असल मिले तिमी खुसी हुनेछौ, खराब मिले दार्शनिक । सुकरात
२. मैले भगवानसँग बाइक मागे तर मलाई थाहा भयो भगावनले सोझै दिँदैनन् तसर्थ मैले एउटा बाइक चोरे र भगवानसँग क्षमा मागे । एमो फिलिप्स
३. लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्दछ तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ । अज्ञात
४. सधै दोश्रो व्यक्तिको अन्त्येष्टीमा जानु, आन्यथा उ तपाईको अन्त्येष्टीमा आउनेछैन । योगी बेरा
५. जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन । रोबर्ट ग्रोनाको
६. अमेरिका यस्तो देश हो जहाँ आधा पैसा खानामा खर्च गरिन्छ आधा पैसा मोटोपन घटाउनमा । अज्ञात
७. विवाह गर्नुपूर्व बच्चा स्याहार्ने मसँग ६ सिद्धान्त थिए, अहिले मेरा छ बच्चाहरू छन् र कुनै सिद्धान्त छैन । जोन विल्मट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया