काठमाडौं । सरकारले सीमा नाकामा आवतजावत गर्नेमाथि सुरक्षाकर्मीबाट थप निगरानी बढाउने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोरोनाको प्रभावका विषयमा विभिन्न छलफल गर्दै यस्तो निर्णय गरेको हो ।
बैठकले बजारमा हुने कालोबजारीलाई तीव्ररुपमा अनुगमन गर्ने निर्णय समेत गरेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण डर फैलिरहेको वेला माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने पनि मन्त्रायल निर्णय गरेको हो ।
कोरोनाको प्रभाव न्यूनीकरण गर्न पूर्व तयारी रहन सुरक्षा संयन्त्रलाई गृहमन्त्रीले थापाले निर्देशनसमेत दिएका छन् ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समितिसँग समन्वय गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया