उद्योग वाणिज्य महासंघद्वारा निर्वाचनको कार्यतालिका सार्वजनिक (विवरणसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार महासंघको आगामी चैत २८ र २९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा वार्षिक साधारण सभा गरि निर्वाचन गर्ने भएको हो ।

महासंघको १५ औं कार्यकारिणी समितिको गत फागुन ११ गते बसेको बैठकको निर्णय अनुसार महासंघको ५४ औं वार्षिक साधारण सभा, उद्योग वाणिज्य दिवस २०७६ मार्फत निर्वाचनको मिति, स्थान तथा निर्वाचन सम्बन्धी अन्य कार्यतालिका सार्वजनिक गरेको हो ।

महासंघको नयाँ नेतृत्व चयनको लागि आगामी चैत २८ गते शुक्रवार वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन हुनेछ । भने चैत २९ गते शनिवार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु तथा कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन हुने महासंघले जनाएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लािग स्वतः अध्यक्ष हुने विधानतः प्रावधान रहेको छ । जस अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा यो कार्यकालका लागि स्वत अध्यक्ष हुने भएका छन् । भने वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल तथा किशोर प्रधानबीच प्रतिष्पर्धा हुने भएको छ ।

साथै उक्त निर्वाचनका उम्मेद्वारहरुले २०७६ साल चैत २० गते साँझ ६ बजेभित्र महासंघको सचिवालय टेकुमा मनोनयन पत्र दर्ता गर्ने मिति तोकेको छ ।

यस्तो छ कार्यतालिका:

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/03/54agm-circular-letter.pdf” title=”54agm circular letter”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?