भारत नेपालमा औषधि पठाउन सहमत

कूटनीतिक पहलका कारण भारत सरकारले निर्यातमा रोक लगाएको अत्यावश्यक औषधि नेपाल पठाउन सहमत भएको छ । उद्योग मन्त्री लेखराज भट्टका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयले गरेको कूटनीतिक पहलपछि भारतले नेपालका लागि सहजरूपमा औषधि ल्याउन दिन सहमति जनाएको छ ।

भारतले विभिन्न २६ प्रकारका औषधि र यसका कच्चा पदार्थ नेपाल पठाउन सहमति जनाएको उहाँले जानकारी दिनुभयो । वाणिज्य सचिवस्तरीय छलफलमा भारत नेपालमा औषधि पठाउन सहमत भएको वाणिज्य सचिव वैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

बङ्गलादेशले पनि अत्यावश्यक औषधि पठाउने विषयमा सकारात्मक जानकारी दिएको सचिव अर्यालको भनाइ छ । यही फागुन २० र २१ गते बङ्गलादेशमा भएको वाणिज्य सचिवस्तरीय बैठकमा भाग लिई सचिव अर्याल आज मात्रै स्वदेश फर्कनुभएको हो ।

सचिव अर्यालले आफ्ना भारतीय समकक्षीसँग भएको छलफलका आधारमा औषधि र त्यसको कच्चा पदार्थ नेपाल पैठारी गर्न आयातकर्तालाई अनुमतिपत्र जारी गरेर सहज बनाउने समझदारी भएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?