भारतीय वायुसेनाका ग्रुप क्याप्टेन सैन्य हिरासतमा

नयाँ दिल्ली, १८ माघ । भारतीय वायुसेनाका एक उच्च अधिकारीलाई सैन्य हिरासतमा राखिएको छ ग्रुप क्याप्टेन सैनिक अघिकारीले सम्वेदनशील दस्तावेज महिलालाई चुहाएको आरोपमा हिरासतमा लिइएको हो एक महिलासँग फेसबुकमार्फत निकट सम्बन्ध बनाएका उनले अनाधिकृत रुपमा इलेक्ट्रोनिक उपकरणका माध्यमबाट ‘अवाञ्छित गतिविधि’ गरेको आरोप लगाइएको छ ती महिलालाई उनले केही गोप्य दस्तावेज पठाएको बताइएको छ । ती महिला को हुन् र वायुसेना अधिकारीसँग कुन प्रयोजनका लागि उनले त्यस्ता दस्तावेज मागिन् भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् हिरासतमा लिइएका सैनिक अधिकारीको पहिचान खु्लाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?