काठमाडौं । गाउँभरीका मान्छे धनी भएको ठाउँ पाउन सायदै मुस्किल पर्ला । तर हाम्रै छिमेकमा एउटा त्यस्तो गाउँ छ, जुन गाउँका सबै मानिस करोडपति छन् । र त्यो गाउँ एसियाकै धनी गाउँ पनि हो । यो धेरै टाढाको कुरा पनि होईन्, छिमेकी मुलुक भारतमा यस्तो गाउँ छ ।
भारतको अरुणाचल प्रदेशको तवांग जिल्लामा रहेको बोमजा भन्ने गाउँ एसियाको सबैभन्दा धनी गाउँको रुपमा चिनिएको छ ।
तर त्यस गाउँका नागरिक कसरी करोडपति बने भन्ने कुरा सुनेर तपाई छक्क पर्नु हुनेछ । खासमा भारतीय सेनाले उक्त गाउँमा सैन्य अड्डा स्थापना गर्ने योजना बनाएपछि त्यहाँका हरेक परिवारहरुलाई मुआब्जा स्वरुप एक-एक करोड भन्दा बढी भारु रकम प्रदान गरिएको छ ।
सेनाले २२ एक्कड जमिन खरिद गरेपछि गाउँका ३१ घरधुरीलाई त्यहाको सरकारले ४० करोड ८० लाख भारु मुआब्जा दिएको छ ।
समाचारमा जनाईए अनुसार त्यहाँका २९ परिवारलाई प्रति परिवार १ करोड ९ लाख भारु र अरु दुई परिवारमध्ये एकलाई २ करोड ४० लाख र अर्कोलाई ६ करोड ७० लाख मुआब्जा वितरण गरिएको छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया