काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ११०औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उनले महिलामाथि हुने भेदभाव अन्त्यका लागि सामाजिक रुपान्तरणको खाँचो रहेको औल्याए ।
सन्देशमा मुख्यमन्त्री भट्टले विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण सङ्घर्षबाट स्थापित नेपालको संविधानले महिलालाई लैङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरेका छन् ।
साथै उनले थप अधिकारका लागि अग्रसर रहन आग्रह गर्दै महिला दिदीबहिनीमा शुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया