राशी अनुसार कुन दिशामा धन-सम्पत्ति राख्ने ?

काठमाडौं । पैसा कमाउनुमात्र ठूलो कुरा होइन । कमाए अनुसार बचाउन सकिएन भने पैसा कमाउनुको कुनै अर्थ हुँदैन ।

साथै उचित ठाउँमा सदुपयोग भएन भने त्यसको पनि कुनै अर्थ रहँदैन । तर आज हामीले तपाईहरुलाई राशिअनुसार घरका कुन भागमा पैसा राख्दा परिवारमा खुसी र समृद्धी छाउँदछ भन्ने बारेमा जानकारी गराउनेछौँ ।

मेष :
घरको पश्चिम दिशामा धन राख्नु उत्तम मानिन्छ । धन राखेको ठाउँमा फलामको औँठी राख्नुका साथै साँझको समयमा धनको लेनदेन गर्नु एकदमै राम्रो मानिन्छ ।

वृष :

घरको पूर्व दिशामा राख्नुपर्दछ । धन राखेको ठाउँमा सुन वा पित्तलको केहि बस्तु राख्नुपर्दछ । साँझको समयमा धनको लेनदेन नगर्नुनै राम्रो मानिन्छ ।

मिथुन :

मिथुन राशी भएकाहरुले घरको उत्तर दिशामा धन राख्दा लाभ मिल्दछ । तामाको केहि बस्तुहरु धन भएको ठाउँमा राख्नुपर्दछ र मंगलवार धनको लेनदेन नगर्नुनै यस राशीहरुका लागि शुभ हुन्छ ।

कर्कट :

घरको पूर्व–दक्षिण दिशामा धन राख्नु कर्कट राशि हुनेहरुका लागि अत्याधिक राम्रो मानिन्छ । धन राखेको ठाउँमा चाँदीको केहि वस्तु राखिदिँदा झनै राम्रो हुन्छ । धन राखेको ठाउँमा कुनैपनि कालो सामान राख्नु हुदैन ।

सिंह :

घरको पूर्व दिशा छेउमा धन राखेमा सिंह राशि हुनेहरुका लागि एकदमै राम्रो हुन्छ । यस राशिका व्यक्तिहरुले धन राखेको ठाउँमा काँसको केहि वस्तु राखेमा शुभ हुन्छ ।

कन्या :

यस राशिका लागि घरको दक्षिण–पश्चिम दिशामा धन राख्नु उत्तम हुन्छ । उक्त स्थानमा केहि चाँदी वा जस्ताको वस्तु राख्दा राम्रो हुन्छ । धन राखेको ठाउँमा उज्यालोको उत्तम व्यवस्था हुनुपर्दछ ।

तुला :

यस राशिका व्यक्तिहरुले घरको दक्षिण दिशामा धन राख्दा एकदमै राम्रो हुन्छ । धन राखेका स्थानमा रातो कपडा वा तामाको कुनै वस्तु राख्नु पर्दछ भने धनलाई उज्यालो ठाउँमा राख्दा शुभ फल प्राप्त हुन्छ ।

वृश्चिक :

वृश्चिक राशिका मानिसहरुले घरको उत्तर–पश्चिम दिशामा धन राख्दा एकदमै राम्रो हुन्छ ।

धनु :

यस राशीका लागि धन राख्ने ठाउँ घरको दक्षिण–पूर्व दिशामा भए एकदमै राम्रो हुन्छ । धन राखेको ठाउँ सेतो कपडाले बाँधेर एउटा चाँदीको सिक्का राख्दा यस राशि हुने व्यक्तिहरुलाई शुभ फल मिल्दछ ।

मकर :

धन राख्ने ठाउँ उत्तर दिशामा बनाए मकर राशीका मानिसहरुलाई जहिल्यै धन हात परिरहन्छ । धन राख्ने स्थानमा कुबेरका सानो तस्बिर राख्ने गर्नुपर्दछ । तर मकर राशिका मानिसहरुले धन राखेको ठाउँमा भुलेर पनि सुन राख्नुहुँदैन ।

कुम्भ :

धन राख्ने ठाउँ पूर्व दिशामा भएको उत्तम हुन्छ । उक्त ठाउँमा पहेँलो कपडामा सुन वा पित्तलका कुनै वस्तु राख्नुहोस् । विहानको समयमा धनको लेनदेन नगर्नुहोस् ।

मीन :

घरको पश्चिम दिशामा धन राख्नु उत्तम मानिन्छ । सो स्थानमा फलामको केही वस्तु वा फलामको सिक्का राख्नुपर्छ । धन राख्ने स्थानलाई व्यवस्थित राख्नुहोस् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?