शेयर बजार सुधारोन्मुख, एक हप्तामा थपियो साढे ३ करोड बढि कित्ता

काठमाडौं । पछिल्लो समय शेयर बजार सुधारोन्मुख देखिएको छ । यसैक्रममा गत साता मात्र बजारमा ३ करोड ५९ लाख ७ हजार ९७ कित्ता शेयर पाइएको छ ।

यो साता सेयर बजारमा ७ वटा कम्पनीमध्ये एउटा कम्पनीको हकप्रद र बाँकी कम्पनीको बोसन सेयर सूचिकृत भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

जस अनुसार एनएमबि लघुवित्त वित्तीय संस्थाको २४ लाख ३० हजार ९३ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । त्यसका साथै बाँकी अन्य ६ कम्पनीको बोनस शेयर सुचिकृत भएको नेप्सेल जनाएको छ ।

त्यसरी वोनस शेयर सुचिकृत हुेनमा ३ वटा वाणिज्य बैंक, २ वटा विसका बैंक र एउटा वित्तीय संस्था रहेका छन् ।

जसमध्ये सिद्धार्थ बैंकको ९० लाख १ हजार ६२६ कित्ता, नबिल बैंकको १ करोड ८ लाख ५६ हजार ५२० कित्ता, लक्ष्मी बैंकको ८९ लाख २० हजार ५०८ कित्ता, ज्योती विकास बैंकको ३९ लाख ५२ हजार ५४९ कित्ता शेयर सुचिकृत रहेका छन् । त्यसका साथसाथै कन्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३०० र सबैको लघुवित्त वित्तीय संस्थाको २ लाख १४ हजार ५०० कित्ता बोनस शेयर सुचिकृत भएको नेप्सेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?