दूधको पाउडरलाई कोकिन भनेर एक युवकलाई १५ वर्ष जेल सजाय

काठमाडौं । कोकेन विश्वको सबै भन्दा खतरनाक लागुऔषधि हो । यसलाई ड्रग्सको राजा पनि भनिन्छ । यसको एकचोटीको सेवनले मानिस यसको लतमा पर्छ ।

त्यस्तै, संयुक्त राज्य अमेरिकाको ओक्लाहोमा राज्यका एक युवकलाई कोकेनको तस्करी गरेको भन्दै १५ वर्ष जेल सजाय भएको थियो । युवकलाई दुधको पाउडर जस्तै कोकेनको तस्करी गरेको आरोपमा प्रहरीले हिरासतमा लिएका थिए ।

कोडी ग्रेग नाम गरेको अमरिकी युवकलाई सबै प्रमाणको आधारमा अदालतले १५ वर्षको सजाय सुनाएको थियो । १२ अगस्त अफिसरले बाटोमा चेक जांचको क्रममा उनलाई रोक्न खोज्दा उनि आफ्नो बाइकलाई उक्त स्थानमा छोडेर भागेका थिए ।

भागेपछि अधिकारीहरूले उनको झोलामा सेतो पाउडर भेट्टाएको हुँदा यस बारेमा अनुसन्धान सुरु भएको थियो । युवकले उक्त पाउडर कोकेन नभएको जनाएका थिए । थप अनुसन्धानको क्रममा पाउडर दुध पाउडर हो भनेर पुष्टि भए पछि उनलाई १३ अक्टुबरमा अदालतले रिहा गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?