काठमाडौं । भारतको उत्तर प्रदेशको बरेलीमा अनौठो घटना घटेको छ । गाडिएको शिशु सात दिनपछि चिहानमा रोइन् । जमिनमुनी बच्चा रोएको सुनेपछि चिहानमा काम गर्ने चकित परे । उनीहरु यताउता हेर्न थाले । जब जमिनमुनी बच्चा रोएको थाहापाए भोगदौड भयो ।
हतार हतार औजार ल्याए । तीन फिट मुनीबाट बच्चा निकाले। शिशु जिउँदो भेटिइन् । उनलाई अस्पताल पुर्याए । शिशुको अवस्था खतरामुक्त छ । यो घटना भारतको उत्तर प्रदेशको बरेलीको हो । जहाँ सात दिनअघि मृत घोषित गरी चिहानमा गाडिएकी शिशु जिउँदो भेटिइन् ।
गाडिएकी बच्चा जिउँदो मात्र भेटिइनन् ६५ ग्राम तौल बढेको अवस्थामा पाइन् । प्याक गरी भाडोभित्र बच्चालाई गाडिएको कारण उनी जमिनभित्र पनि सुरक्षित भइन् ।
शिशुको बाबुआमा पत्ता नलागेको बुझिएको छ । उनलाई नियोजित रुपमा गाडिएको हुनसक्ने सम्भावना पनि रहेको बताइएको छ । मृत भएको ठानेर गाडिएको हुनसक्ने बारे पनि त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
शिशु सामान्य अवस्थामा आइरहेको चिकित्सकको भनाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । उनलाई एन्टिबायोटिक दिइएको थियो । दूध पिलाइएको थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया