संसारका महान व्यक्तित्वहरुले आफ्नो जीवनमा भोगेका, देखेका र सुनेका कुुराहरुलाई सानो शब्दमा गुणवान कुराहरु छोडेर गएका छन् ।
कसैले जीवन बदल्नका लागि महत्वपूर्ण कुरुाहरुको बारेमा सिकाएका छन् भने कसैले सफलताका महान सूत्रहरुका बारेमा आफ्ना अमूल्य भनाईहरु हामीसामू छोडेर गएका छन् ।
तर आज हामी महिला सम्बन्धी संसारका महान व्यक्तित्वहरुले भनेका कुराहरु तपाईलाई जानकारी दिदैछौँ । महिला सम्बन्धी कसले के भने त होरौँ १० महान भनाईहरु ।
१. एक पुरुषलाई पढायौ भने एक व्यक्ति मात्र शिक्षित बन्दछ, तर एक स्त्रीलाई पढायौ भने सिङ्गो परिवार नै शिक्षित बन्दछ । महात्मा गान्धी
२. सत्य, इमान्दार र उर्जावान महिलालाई जित्न एउटा भीडले पनि सय वर्ष लगाउँदछ । स्वामी विवेकानन्द
३. मैले कुनै पनि समुदायको प्रगतीलाई महिलाले गरेको प्रगतिसँग मापन गर्दछु । बाबा साहेब आम्बेडकर
४. महिला समाजकी राम्री शिल्पकार हुन्छिन् । चेर
५. कुनै पनि देश सुखको शिखरमा तब सम्म पुग्न सक्दैन जबसम्म उसले महिलासँग काँधमा काँध मिलाएर हिँड्न सक्दैन । मोहम्मद अली जिन्ना
६. पुरुष आफ्नो भाग्य नियन्त्रित गर्दैन तर उसको जीवनमा आएकी महिलाले आफ्नो गुणद्वारा उसको भाग्य निर्माण गरिदिन्छिन् । कार्ल मार्क्स
७. हामी प्राचीन भारतवर्षका नारिहरुलाई आदर्श मानेर नै नारीको उत्थान र सशक्तिकरण गर्न सक्दछौँ । स्वामी विवेकानन्द
८. हरेक चीज भन्दा अगाडि बढेर आफ्नो जीवनको नायिका बन, शिकार होइन । नोरा एफ्रेन
९. एक रानीको जसरी सोच, रानी असफलताबाट डराउँदिनन् किनभने असफलता नै सफलताको एक सिंढी हो । ओपरा विनफ्रे
१०. नारी नै परिवार र समाजकी केन्द्रबिन्दु हुन् । स्वामी विवेकानन्द
११. पुरुषको प्रेम उसको जीवनकै फरक कुरा हो, तर नारीका लागि प्रेम उसको सारा जीजवन हो । बायरन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया