कच्चा तेलको मूल्यमा ३० प्रतिशतले कमि, नेपाली बजारमा यस्तो असर

काठमाडौं । कच्चा तेलको मूल्य ३० प्रतिशतले घटेको छ । रुस तथा साउदी अरबबीच उत्पन्न तनावको कारण अन्तराष्ट्रिय बजारमा मूल्य घटेको हो ।

त्यसरी अन्तराष्ट्रिय बजारमा ३० प्रतिशतले कच्चा तेलको मूल्यमा कमि आइ सन् २०१६ यताकै कम भएको छ ।

हाल मूल्यमा कमि आई प्रतिब्यारेल ३१।०२ अमेरिकी डलर प्रति ब्यारेलमा आएको छ । साथै तेलको मूल्य एकैपटक यसरी घटेको सन् १९९१ को गल्फ वारपछि यसरी मूल्यमा कमि आएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् । ।

तेल उत्पादक देशहरुको संगठन ओपेकको सदस्य भने रुस छैन । साथै अब साउदी अरबले रुससँग उत्पादन घटाउने प्रस्ताव गरेको छ ।

ओपेकमा साउदीको पहुँच बढि रहेको छ । साउदीले राखेको प्रस्ताव रुसले नमानेपछि साउदी अरबले कच्चा तेल खरिदमा छुट दिने घोषणा गरेको थियो । छुटसँगै साउदीले कच्चा तेलको उत्पादन समेत बढाउने निर्णय गरेको थियो । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार ओपेक देश र रुसबीचको तेलको युद्दले यसको मूल्य अझै घट्ने अनुमान गरिएको छ ।

नेपाली बजार अन्तराष्ट्रिय बजारमा धेरै निर्भर रहने भएकाले पनि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?