काठमाडौं । हामीले सुनचाँदी वा अन्य धातुबाट बनेका गहना त देखेका नै छौँ । तर, छालाबाटै गहन बन्छ भन्दा पत्याउन मुश्किल पर्दछ । पछिल्लो समय संसारमा मानिसले सुन्दरता बढाउन धातुका नभई नयाँखाले गहना बनाउने चलन शुरु भएको छ ।
यो खबर अमेरिकास्थित न्युयोर्कको हो । जहाँ एक फेसन शोमा यस्तो अनौठोखाले गहना देखाइएको थियो । यो देखेर धेरै मानिस छक्क परेका थिए ।
र, यस्तो गहना सुनचाँदी वा धातुबाट बनेका थिएनन्। यी गहना छालाबाट बनेका हुन् । अहिले यस्ता गहनाका तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
माथि तस्वीरमा हेर्दा तपाईलाई लाग्न सक्छ कि, यो तस्बिर मानिसका छाला तन्काएर बनाइएको हो । तर, होइन, यो केही फरक कुरा हो ।
यो कुनै छाला जोडेर वा प्लास्टिक सर्जरी गरेर भने बनाइएको होइन । यो त एकप्रकारको कला मात्रै हो ।
शुरुवाती दिनमा यस्ता गहनाको ट्रेन्ड चलेपछि अहिले धेरैले यस्तै कला प्रयोग गरेर गहना बनाउनेक्रम न्युयोर्कमा बढेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया