काठमाडौं । विश्वभर महामारीको रुपमा देखिएको कोरोना भाइरसको संक्रमण युएईमा २ नेपालीलाई देखिएको छ । युएइस्थित त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको रिर्पाेटमा त्यस्तो देखिएको हो ।
रिर्पोट अनुसार अन्य १४ जना कोरोनाका नयाँ बिरामी देखिएका र त्यसमध्ये २ नेपाली रहेको पाइएको जनाइएको छ ।
हाल युएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना रहेका तथ्यांकले देखाएको छ । युएइ स्थित स्वास्थ्य मन्त्रालयको उक्त तथ्यांक अनुसार ४ जना युएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया