वि.सं. २०७६ फाल्गुन २७ गते । मंगलबार । इ।स।२०२० मार्च १० तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । ने।सं। ११४० सिल्लागा । चैत्र कृष्णपक्ष । तिथी– प्रतिपदा,२१ बजेर ३२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– उत्तरफाल्गुनी,२४ बजेर २२ मिनेट उप्रान्त हस्त । योग– शूल,१४ बजेर १९ मिनेट उप्रान्त गंड । करण– बालव,१० बजेर ४३ मिनेट उप्रान्त कौलव,२१ बजेर ३२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा धाता योग । चन्द्रराशि–सिंह,०७ बजेर ३७ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ६ बजेर २१ मिनेटमा, सूर्यास्त १८ बजेर ०८ मिनेटमा । दिनमान २९ घडी २९ पला । तराईमा होली ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद, प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउँन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने बिभिन्न वस्तु तथा उपहार प्राप्त हुनेछ । व्यावसाय कै सवालमा रमाईलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउँनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईँको प्रस्तुतिले सबैको मन आकर्शित गर्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तरपनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउँन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउँन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
तपाईले सुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारीक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाइ लेखाइान प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा शंका उपशंकाहरु हट्दै जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समाजसेवा तथा राजनीतिमा समय व्यातित गर्नेहरुका लागी समय मध्ययम रहेकोले समर्थन भन्दा आलोचना सहनु पर्नेछ । व्यापारमा मन्दी आउँने तथा खर्च धान्न अलि गाह्रो पर्नेछ । तरपनि सुचना प्रविधिको प्रयोग मार्फत राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनकै शिलशिलामा यात्रा गर्न सकिनेछ तथा अली बढी समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउँने तथा उपचार खर्च बढ्नेछ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेकोछ । अध्ययन तथा कामको लागी लामो दुरिको यात्रा गर्न सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागी हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कर्म भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यावसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरिको योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सामाजिक तथा परोपकारी काममा समय व्यातित हुनेछ । सरकारी स्तरबाट हुने कामहरु समयमा सम्पादन हुने हुनाले नया काम गर्न जोस जागर आउँनेछ । शिक्षाकै सवालमा लामो दुरीको यात्रा हुने प्रसस्त सम्भावना रहेकोछ । आफन्त तथा घर परिवारका सदस्यहरुका साथ धार्मिक यात्रामा निस्कन सकिनेछ । अध्ययन तथा खोजमुलक काममा मन जाने योग रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । धेरै समय दिएमात्र व्यापार व्यावसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पती प्रयोग गर्दा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय मध्ययम रहेकोले घर परिवारमा आन्तरिक कलह बढ्नेछ । प्रेममा रहेकाहरु टाडै बस्नु उचित हुनेछ । व्यावसायमा लगानी कर्ताहरु विच मनमुटाब सिर्जना हुने योग रहेकोछ । लामो दुरिको व्यावसायिक यात्रामा बिलम्व हुनेछ । सवारी साधन तथा अन्य हार्डवयेर सँग सम्वन्धीत बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । सचेत नभए ऋण,रोग तथा सत्रुले सताउँनेछन् । काममा ढिला सुस्ति तथा अप्रिय समाचारले दैनिकी प्रभावित हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया