काठमाडौं । कोरोना भाइरसको त्रास अहिले सारा विश्व भरि नै छ । अहिलेसम्म विश्वका १०६ भन्दा धेरै देशहरुमा कोरोनाको संक्रमण देखिएको छ भने ४ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ र १ लाख भन्दा धेरै कोरोनाका संक्रमितहरु रहेका छन् ।
कोरोनाबाट बच्नको लागि ठाउँठाउँमा बिभिन्न तरिकाहरु अपानाइ रहिएको छ । तर भारतको वाराणसीस्थित एक मन्दिरमा पूजारीले भगवान शिवलाई मास्क लगाईदिएका छन् ।
मानिसहरुलाई भगवानलाई नछुन अपिल समेत गरिएको छ । पहलादेश्वर महादेवका पूजारी कृष्णा आनन्द पाण्डेले कोरोना भाइरस सारा विश्वभरि नै फैलिरहेको र आम मानिसहरुलाई जागरुक गर्नको लागि भगवान शिवलाई कपडा र मास्क लगाईदिइएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा खबर प्रकाशित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया