काठमाडौं । हाल विश्वव्यापी महामारीको रुपमा हेरिएको कोरोना भाइरसका कारण मानिसको जनजीवनमा मात्र नभएर अर्थतन्त्रमा समेत नकारात्मका असर पारेको छ । चीनबाट विश्वमा नै फैलिएको कोरोनाका कारण कुल ग्राहस्थ उत्पादनमा समेत कमि आउने एशियाली विकास बैंकले आंकलन गरेको छ । जसका कारण प्रत्यक्ष वैदेशिक लगानी समेत घटने अनुमान गरिएको छ ।
युनाइटेड नेशन्स कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट (अनट्याड) ले कोभिड १९ का कारण प्रत्यक्ष वैदेशिक लगानी प्रभावित हुने प्रारम्भिक प्रक्षेपन गरेको छ । अनट्याड सयुक्त राष्ट्र संघीय अन्तर सरकार स्थायी संयन्त्र हो ।
कोरोनाको कारण यस वर्ष ५ देखि १५ प्रतिशतसम्मले प्रत्यक्ष वैदेशिक लगानी घट्ने अनट्याडको तथ्यांकले देखाएको छ । साथै उक्त आंकलन अनुसार २०२० मा ५ प्रतिशतले एफडिआइ बढ्ने आंकलन गरिएको थियो ।
अनट्याडका अनुसार अवको ६ महिनाभित्र कोरोना नियन्त्रण गर्न सकिएमा विश्वको कूल ग्राहस्थ उत्पादनमा ० दशमलव ५ प्रतिशतले बृद्धिदर घट्ने अनुमान रहेको छ । साथै यदि वर्षभर नियन्त्रण हुन नसकेमा १।५ प्रतिशतले घट्ने अनट्याडले जनाएको छ ।
अनट्याडले गरेको एक सर्वेक्षणअनुसार एयरलाइन्सहरुले ४२ प्रतिशतले आम्दानीमा कमि आएको छ । त्यस्तै कोरोनाका कारण होटल व्यवसायको आम्दानी २१ प्रतिशतले कमि आएको छ । साथै विश्व अर्थतन्त्रमा नै कोरोनाको असर प्रत्यक्ष देखिएको यस अवस्थामा अटोमोबाइल क्षेत्रका उद्योगहरुले अनुमानित ४४ प्रतिशत आम्दानीमा कमि आएको छ ।
कारोनाको कारण नेपाललाई झनै ठुलो धक्का लागेको छ । सन् २०२० लाइ भ्रमण वर्षको रुपमा २० लाख पर्यटक भित्राउने नेपालको लक्ष्य पुरा नहुने भएको छ । त्यस्तै पर्यटन व्यवसाय नै धरासायी अवस्थामा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया