काठमाडौं । कारोबार शुरु भएको १ घण्टाभित्र शेयर कारोवार मापक नेप्से परिसुचकमा ४ प्रतिशतले घटेको छ । मंगलबार खुलेको शेयर बजारमा शुरुवातदेखि नै गिरावट आएको थियो । परिसुचक एकदम कमि भएका कारण २० मिनेटका लागि कारोवार समेत बन्द गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलवार विहान ११ बजेर ५९ मिनेट जाँदा नै परिसुचक ४ प्रतिशतले कमि आएको थियो । जसका कारण बजार नेगेटिभ सर्किट लगाउँदै कारोबार स्थगन गरिएको थियो । उक्त समयमा नेप्से परिसुचक ५६ दशमलव ३६ अंकले घटेर १ हजार ३ सय ६८ दशमलव ३४ बिन्दुमा आइपुगेको नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया