कोरोनाको डरले फूलले मनाए होली

काठमाडौं । कोरोनाको डरमा अहिले सारा विश्वभर नै सावधानी र सतर्कता अपनाइएको छ । यस्तै एउटा घटना भारतको अमृतसमरमा देखिएको छ ।

कोरोना भाइरसको डरले भारतमा होली मनाउँदा अनौठो तरिका अपनाइएको हो । रङहरुको पर्व होली रङहरुले नखेलेर फूलले खेल्दै हर्षाेल्लासपूर्व मनाइएको छ ।

उनीहरुले रङको साटो फूलले होली खेल्ने अनौठो तरिका अपनाएका हुन् । उनीहरुको उक्त उपाय अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो ।

उनीहरुले कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राख्दै उमङ्ग र उत्साहका साथ होली पर्व मनाएका हुन् । होलीलाई असत्यमाथि सत्यको विजयका रुपमा मनाइने गरिन्छ ।

हाम्रो देशका हिमाली र पहाडी जिल्लाहरुमा हिजो र तराईका जिल्लाहरुमा आज होली हर्षाेल्लसका साथ मनाइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?