हिन्दू धर्मका पवित्र ग्रन्थहरुमध्ये श्रीमद्भागवत गीता पनि एक हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिइएको सानो ग्रन्थ हो । श्रीमद्भागवत गीताको पृष्ठभूमी महाभारतको युद्ध नै हो ।
आज हामीले तपाईहरुलाई हिन्दू धर्मग्रन्थ श्रीमद्भागवत गीताका अनमोल वाणीहरुको बारेमा जानकारी दिदैछौँ ।
१. मनलाई वसमा राख्न सकिएन भने त्यसले स्वयं बिरुद्ध शत्रुको व्यवहार गर्दछ ।
२. नरकका तीन द्वार छन्, क्रोध, वासना र लोभ ।
३. मनुष्य आफ्नो विश्वासद्वारा निर्माण हुन्छ, उ जस्तो व्यवहार गर्दछ त्यस्तै बन्दछ ।
४. हरेक व्यक्तिले जे चाहन्छ त्यहि पाउँदछ, यदि उ विश्वासकासाथ इच्छित वस्तुमाथि लगातार चिन्तन गर्दछ भने ।
५. कर्मले मलाई बाध्न सक्दैन, किनभने मलाई कर्मको फलको कुनै आशा छैन ।
६. तिनीहरुले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्दछन् जसले आफ्नो कार्यमा आनन्द भेट्दछ ।
७. केवल मन मात्र कसैको मित्र वा शत्रु हुन्छ ।
८. शंका गर्नेहरुको लागि यो संसार र बाहिर कतै शान्ती छैन ।
९. क्रोधले भ्रम पैदा गर्दछ, भ्रमले वुद्धि भ्रष्ट गर्दछ, वुद्धि भ्रष्ट भए तर्क नष्ट हुन्छ, जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।
१०. यो संसारमा न केहि हराउँदछ र न केहि व्यर्थ नै हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया