काठमाडौं, १८ माघ – केही हप्ताअघि मात्र ०७५ को साउनबाट काठमाडौंमा लागू हुने निर्णय भएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको थियो । अब भने काठमाडौंका मल्टिप्लेक्समा अझै अर्को महिना अर्थात् फागुन एक गतेदेखि नै बक्स अफिस लागू हुने भएको छ सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतको अध्यक्षतामा बसेको बैठकले फागुनबाटै बक्स अफिस लागू गर्ने निर्णय गरेको हो चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पहिले नै निर्णयमा केही संशोधन गरेको बताइन् । उनले भनिन्, ‘उपत्यकाबाहिर पनि माघ १ गतेभन्दा अगाडि नै बक्स अफिस लागू हुनसक्छ ।’बक्स अफिस लागू गर्न हललाई चाहिने हार्डवयर तथा सफ्टवयरका निजी कम्पनीलाई जिम्मा दिने तयारी भइरहेको छ । त्यस्तै सर्भर र इन्टरनेटका लागि सम्बन्धित निकायलाई बोर्डले पत्राचार गरिसकेको अध्यक्ष पौडेलले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया