विश्व प्रसिद्ध १० भनाईहरु

काठमाडौं । हामीले महान व्यक्तित्वहरुका महान भनाईहरु सुनिरहेका नै छौँ र हुन्छौँ पनि । तर महान व्यक्तित्वहरुले हाम्रो जीवनमा मेल खाने कुराहरु आफ्नो जीवनमा घटेका, आफूले, भोगेका, देखेका र सुनेका कुराहरुको माध्यमबाट सरल र सबैले बुझ्ने भाषामा बताईदिएका छन् ।

तिनै महान भनाईहरुलाई आज हामीले तपाईहरुलाई जानकारी दिदैछौँ ।

१. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ति नछोड । वेन्जामिन फ्रेन्कलिन

२. ज्ञान नै शक्ति हो । फ्रान्सिस बेकन

३. आफू नै त्यो परिवर्तन बन जो तिमी संसारमा देख्न चाहन्छौ । महात्मा गान्धी

४. यदि तिमी सत्य कुरा बोल्दछौ भने तिमीले कुनै पनि कुरा याद राख्नुपर्दैन । मार्क ट्वेन

५. त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पद्र्यछ, त्यसपछि तमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्दैन । कन्फ्युसियस

६. असम्भव भन्ने कुरा मेरो शव्दकोषमा छैन । नेपोलियन बोनापार्ट

७. जित्नेहरु कुनै फरक काम गर्दैनन्, उनीहरु हरेक काम फरक ढंगले गर्दछन् । शिव खेडा

८. लडाईमा कुकुरको आकारले केहि महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ । मार्क ट्वेन

९. तपाईको अनुमति बिना कसैले तपाईलाई अपमान गर्न सक्दैन । इलेनोर रुजवेल्ट

१०. गल्ती गर्नु मानवीय कर्म हो र क्षमा गर्नु ईश्वरीय कर्म । अलेक्जेन्डर पोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?