काठमाडौं । मंगलवार शेयर बजारमा भारी गिरावट आएको छ । कारोवार शुरु भएको १ घण्टामा नै शेयर कारोवार मापक नेप्से परिसुचक ५७ दशमलव ३६ अंकले कमि आएको थियो । त्यससंगै २० मिनेटको लागि कारोवार समेत बन्द गरिएको थियो ।
शेयर बजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि आज खुलेको बजारमा कारोवारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो । स्टकले कारोवार आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको थियो । नेप्सेका अनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । आज १ बजेर १३ मिनेटमा नेप्सेले सर्किट लगाएको थियो ।
पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो । त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो । पुन १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको थियो ।
यसरी बजारमा ठूलो धक्का लागेसंगै लगानीकर्तामा निराशा देखिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको आगमनसंगै शेयर बजार गिरावट आएको कतिपयको जिकिर रहेको छ । अर्थमन्त्रीका रुपमा खतिवडाको आगमनसंगै शेयर बजार घटेको साथै अघिल्लो कार्यकालमा शेयर बजारमा आएको विचलनका कारण खतिवडाको कडा आलोचना समेत भएको थियो ।
मंगलबार शेयर बजारमा भएको उछालले लगानीकर्ता मात्र नभइ अर्थमन्त्री खतिवडा स्वयम चिन्तित बनेका छन् । पछिल्लो केहि हप्तायता शेयर बजारमा राम्रो सुधार भएको थियो। भने मंगलवारको एक्कासीको गिरावटले बजारमा ठुलो धक्का लागेको छ ।
बजारमा दोहोरो अंकको सुधार देखिएको तथा नयाँ रेकर्ड बनाएको कारण नेप्सेले आगामी दिनमा अझ सुधार भएर जानेमा विस्वस्त हुदैं खुशियाली मनाएको थियो । भने बजारमा अर्थमन्त्रीको आलोचना समेत केही कम भएको थियो । तर अप्रत्यासित शेयर बजारमा आएको गिरावटका कारण अर्थमन्त्री समेत चिन्तित रहेको स्रोतले जनाएको छ ।
यस अघि बजारमा आएको उतारचढावलाइ सामान्य रुपमा लिने गरेको खतिवडा एक्कासी झण्डै १०० अंकको गिरावटपछि चिन्तत देखिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया