काठमाडौं । एउटा अनौठो विश्व कीर्तिमान कायम गरिएको छ । इटालीले १३ सय भन्दा रोबोटको फौज तयार गरेको छ । जुन फौजका लागि १३ सय भन्दा धेरै रोबोट तयार गरेर विश्व कीर्तिमान कायम भएको हो ।
मान्छेको आकारका १३ सय ७२ वटा रोबोटहरु एकै धूनमा नाचेर गिनिज रेकर्ड बनाईएको हो । यो भन्दा अगाडि चीनमा डोबी कम्पनीले एकैसाथ १०६९ रोबोट नचाएर विश्व कीर्तिमान बनाएकोमा यसपटक चीनकै युबिटेक कम्पनीले त्यो रेकर्ड तोडेको छ ।
उसले आल्मुनियम तथा प्लास्टिकबाट बनेका ४० सेमीउचाईका १३ सय ७२ वटा अल्फा वान एस रोबोट नचाएको समाचारमा जनाईएको छ । यो कम्पनीले यसअघि ब्रेक डान्स गर्ने रोबोट बनाएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया