अङ्करा, टर्की, १८ माघ – सिरियाको अफ्रिन जिल्लामा टर्कीको सैनिकले गत जनवरी २० देखि गरेको सुरक्षा कारबाहीमा अहिले सम्म ७९० जना मारिएका छन् मारिनेमा कुर्दीस डेमोक्र्याटीक युनियन पार्टी (पीवाईडी), पिपल्स प्रोटेक्सन युनियन (वाईपीजी) र इस्लामिक स्टेट (आइएस)का सदस्यहरू रहेको टर्कीका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् बुधबार र विहीबार रातभरीमा टर्कीको सुरक्षा फौजले आश्रयस्थल, आतङ्कारीहरूको हातहतियार लगायत नष्ट गरिदिएका छन् आक्रमणकारीहरूले १८ भन्दा बढी आतङ्कवादीहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो भने ७८ लडाकूद्वारा गरेको आक्रमण विफल गराइएको छ अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रतिवद्धता अनुसार नै कुनै आम नागरिकलाई असर नपारी भइरहेको सुरक्षा निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया