काठमाडौं । बुधबार विहान पूर्वसञ्चारमन्त्रीको घरमा बम विस्फोट नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिम्मा लिएको छ । बुधबार बिहान पौने ८ बजेतिर भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थली स्थित बाँँस्कोटाको घरको गेटमा बम विष्फोट गराइएको थियो ।
उसले विष्फोट गराउनुको १० कारण खुलाएको छ ।
1. सेक्युरिटी प्रिन्टीङ प्रेस खरिद प्रकरणमा (७० करोड) घुुस मागेर भ्रष्टचारी अनुहार उदाङ्गो पारेको
2. २४ अर्वको सेटलाइएट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टचार गरेको
3. १९ अर्वको फारजी सेवा विस्तारका दौरनमा करोडौं रकम दुरुपयोग गरेको
4. १० अर्वको अप्टिकल फाइवर विस्तारमा करोडौं कुम्ल्याएर देशलााई कंगाल बनाउने भुमिका खेलेको
5. मोवाइल र स्कुलमा इन्टरनेट सेवा–सुविधाको नाममा करोडौं हिनामिना गरेको
6. सरकारको प्रवत्ता पदको दुरुपयोग गरी देशभरको ठूला परियोजनाबाट अरबौं घोटाला गरेको
7. नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फाँसिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले
8. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयवल्स शैलीमा निक्रिष्ट, उदण्ड, अराजनीतिक र गुण्डागर्दी भुमिकामा उत्रिएकाले
9. आफ्नौ औकात भुुलेर क्रान्तिप्रमि जनतामाथि फाँसिबादमन लाद्ने, चरम असहिष्णु, दलाल पूजिँबादी सत्ताको असली ठेकेदार र मुलुकमा साँडेखालको दादागिरी मच्चाएको
10. देशलाई अहिलेको जर्जर र सङ्कट ग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्ट मध्यएक भएकाले
यसैबीच बम विष्फोट गराएको आशंकामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनी विप्लव समूह भक्तपुर जिल्ला कमीटि सदस्य देव गुरुङ भएको बुझिएको छ । थप विवरण आउन बाँकी छ ।
यसअघि : गोकुल बाँस्कोटाको घरमा बम विस्फोट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया