काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका कार्यकारी अधिकृत (सिइयो)सुमन शर्माको कार्यकाल सकिएको छ । त्यससंगै शर्माले पद छाडेका छन् । आगामी चैत १ गतेबाट उनको दुइवर्ष कार्यकाल सकिनेछ । शर्मा दुइ वर्ष अघि माछापुच्छ्रेको सीइयोको रुपमा नियुक्त भएका थिए । बैंकले नेपाल स्टक एक्सचेन्जमा पठाएको पत्र अनुसार दुइवर्षे कार्यकाल सकिएको जनाएको छ ।
उनको कार्यकाल सकिएसंगै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।
शर्मा यसअघि ग्लोवल आइएमी बैंकका आवद्ध रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया