रुद्रि र स्वस्तिशान्ति गरिदिन्छु भन्दै घरघरमा गएर चोरी गर्ने गिरोह पक्राउ

चितवन । रुद्रि र स्वस्तीशान्ति लगाईदिन्छु भन्दै घरघरमा गएर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चोरी गर्ने भारत मोतियारीका नेहाल तिवारीसहित ६ जनालाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अन्य भारतीय नागरिक पूर्वी चम्पारण बस्ने राजकुमार उपाध्याय, भारत अरेराज जिल्लाका विक्की भनिने सोनुकुमार पाण्डे, भारत मोतिहारीकै विपुल भन्ने ऋतिक रोशन, सोही ठाउंँकै विक्कीकुमार गुप्ता छन् ।

यस्तै गरगहना खरिद गर्ने वीरगन्जका व्यवसायी राजकुमार गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । प्रहरीले आज पत्रकार सम्मेलन गर्दै उनीहरूहरूको साथबाट नगद र गरगहना गरी १४ लाख ८७ हजार ५ सय बराबरको धनमाल बरामद गरेको बताएको छ । उनका अनुसार भरतपुर महानगरपालिका २ मा रहेको मञ्जु खांँडको घरबाट फागुन २३ गते उक्त परिमाण बराबरको धनमाल चोरी भएको थियो ।

चोरीका मुख्य योजनाकार तिवारी पुजारीको भेष गरी विभिन्न घरमा सस्तो र राम्रो तरीकाले पूजा, कर्मकाण्ड, स्वस्तिशान्ति गरिदिन्छु भन्दै घरमा रहेका धनमालको रेकी गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । सोही जानकारीको आधारमा चोरी गर्ने समूह भाडामा लिई चोरी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?