आज प्रतिनिधिसभा बैठक बस्दै, कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं । आज ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा
नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव प्रस्तुत हुदैछ ।

संसद सचिवालयका अनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने कार्यसूचि छ ।

अधिकारीको प्रस्तावलाई नेकपाकै सांसद रामकुमारी झाक्रीले समर्थन गर्नेछिन् ।

बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश हुने कायृसूची छ । त्यस्तै ‘कारागार विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने विद्येयक गर्ने कार्य तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?