महाभारत कालसँग जोडिएको यो कुण्डले वैज्ञानिक नै हैरान

काठमाडौं । संसारमा बिभिन्न अनौठा घटनाहरु हुने गर्दछन् । त्यसैमध्येको रहस्यमयी ठाउँ हो भीभ कुण्ड ।

भारतको मध्यप्रदेशस्थित छतरपूर जिल्लाबाट लगभग ७० किलोमिटर टाढा रहेको बजाना गाउँमास्थित यो कुण्ड हेर्न टाढा टाढाबाट मानिसहरु जाने गर्दछन् ।

यो कुण्डको सम्बन्ध महाभारत कालसँग जोडिएको स्थानीयहरुको भनाई छ । यो कुण्डको गहिराई यति धेरै छ कि, यो कुण्ड नाप्नका लागि गरिएका प्रयास र सबै यन्त्रहरु पmेल भएका छन् । तर यसको यसको सटिक जानकारी भने अहिलेसम्म कसैलाई थाहा छैन् ।

पौराणिक धर्मग्रन्थका अनुसार महाभारत कालमा जब पाण्डव अज्ञातवास गएका थिए तब पानी खोज्दै उनीहरु उक्त तलाउमा पुगेका थिए । तर त्यहाँ पानीको केहि श्रोत नपाएपछि भीमले आफ्नो गदाको सहयोगबाट कुण्ड बनाएका थिए ।

उक्त कुण्डको आकृति पनि बिल्कुलै गदाको जस्तै रहेको छ । उक्त कुण्डमा देशमा यदि केहि शंकट आउँदै छ भने पानी धेरै पानी हुने मान्यता रहेको छ ।

यो कुण्डको बारेमा जानकारी लिन गएका वैज्ञानिक नै यस बारेमा अहिलेसम्म कुनै जानकारी लिन सकेका छैनन् । वैज्ञानिकहरुले यो कुण्डको गहिराई पत्ता लगाउन २०० मिटर तल सम्म क्यामेरा पठाएका थिए । तर पनि उनीहरुले गहिराई पत्ता लगाउन सकेका थिएनन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?