सनराइज बैंक र जिएमइ रेमिट्यान्सबीच सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड तथा र जिएमइ रेमिट्यान्सबीच रेमिटेन्स कारोबारका लागि सहमति भएको छ ।

उक्त सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जिएमइ रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि सनराइन बैंकका विश्वका जुनसुकै ठाँउमा रहेका ग्राहकरुहरुले रेमिट मार्फत पठाएको रकम जिएमइ रेमिट्यान्सका नेपाल अधिराज्यभर रहेका ८ हजार भन्दा बढी एजेन्टबाट छिटो पाउन सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?