काठमाडौं । संसारमै सबैभन्दा धनी मानिसको नाम भन्ने बित्तिकै अहिले हामी जेफ बेजोस, बिल गेट्स लगाएतका व्यक्तिहरुलाई सम्झने गर्दछौँ । तर आज हामी यस्ता धनाढ्य व्यक्तिको बारेमा जानकारी दिन गईरहेका छौँ जो सुन बाड्दै हिड्दथे ।
मानव इतिहासमा एकजना यस्ता व्यक्तिले गरेको कीर्तिमान अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । मनसा मुसा प्रथम नाम गरेका ती व्यक्तिको सोच्नै नसक्ने सम्पत्ति थियो ।
हाल अफ्रिकी मुलुकको मालीको एक सहरमा ति व्यक्तिको बसोबास थियो । खासमा ति व्यक्ति तत्कालीन अफ्रिकी राज्य टिम्बकटूका राजा थिए ।
ति राजाको समयमा मालीमा सुनको विशाल भण्डार भएका कारण त्यहाँ वर्षमा १ हजार किलो सुन उत्पादन हुन्थ्यो ।
उनले आफ्नो आफ्नो २५ वर्षे शासनकालमा उनले कैयन् मस्जिदको निर्माण गराएका थिए । ति राजाको रक्षकहरुले सुनका लठ्ठी लिएका हुन्थे ।
राजा मुसा मिश्रको कायरोको बाटो हुँदै मक्कातर्फको यात्रामा जाँदा कायरोमा ठूलो परिमाणमा सुन दान गरेका थिए । जुन दानका कारण कायरोबासीहरु धनी भएको समेत धनी भएको इतिहासमा उल्लेख गरिको छ ।
मनसा मुसाले सन् १२८० देखि १३३७ सम्म शासन गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया