काठमाडौं । बैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन आईपे रेमिट प्रा.लि.,नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको एनसीएचएल आइपिएस र कनेक्ट आइपिएस ई-पेमेन्ट प्रणालीहरुमा आबद्ध भएको छ ।
यो व्यवस्थासँगै आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट आइपिएस ई-पेमेन्ट प्रणाली मार्फत रियल टाइममा र अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल मार्पmत तोकिएको समय सीमामा अन्य भुक्तानी कारोबारहरु गर्न सकिन्छ ।
एनसीएचएलले आफ्ना प्रणालीहरु मार्फत बैंक खातामा आधारित विभिन्न भुक्तानी कारोबारहरुलाई सहजीकरण गरिरहेकोमा रेमिटेन्स पनि ती मध्येको एक महत्वपूर्ण कारोबार हो । यसमा हाल सम्म ६ वटा रेमिटेन्स कम्पनीहरु र ३० वटा गैर बैंक संस्थाहरु अप्रत्यक्ष÷प्राविधिक सदस्यको रुपमा आबद्ध रहेका छन् ।
६ वर्ष अगाडि स्थापना भएको आईपे रेमिट नेपालको अग्रणी रेमिटेन्स कम्पनीहरु मध्येको एक हो । यसले १० लाखभन्दा बढि आप्रवासी कामदारहरुको कडा परिश्रमको कमाईलाई नेपालमा रहेका आफ्ना परिवारहरुलाई छिटो, सुरक्षित र भरपर्दो तरिकाले पठाउन विभिन्न प्रविधि र सहकार्यको माध्यबाट सहयोग गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्दै आएको छ । हाल सबै जसो बैंक तथा वित्तिय संस्थाहरुको सहभागीतामा यसका एनसीएचएल, एनसीएचएल आइपिएस, कनेक्ट आइपिएस ई-पेमेन्ट र कनेक्ट आरटिजिएस प्रणाली संचालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया