काठमाडौं । साधरण तया वैज्ञानिक तवरले जानेहो भने रुखहरु मानव स्वास्थ्यको लागि अपरिहार्य छ । रुखको पातहरुबाट पाईने कार्वनडाई अक्साईड ग्यासका कारण हामी स्वासप्रस्वास लिन सक्छौँ ।
त्यति मात्र नभई स्वच्छ हावापानीका लागि पनि यसको एकदमै महत्व छ । तर संसारमा यस्तो रुख पनि छ, जस्को छेउमा जाँदा समेत मानिसको ज्यान जान सक्छ ।
अन्य सामन्य रुखहरु जस्तै देखिने उक्त रुखको छेउमा जाँदा भने ज्यानै जान सक्ने खतरा हुन्छ ।
भारतसहित दक्षिण पूर्वी एसियाका केही मुलुकमा पाईने सरबेरा ओडोलम नाम गरेको उक्त रुखको छेउमा गएर कसैले छोयो भने पनि मृत्युको मुखमा पुग्दछन् । वैज्ञानिकहरुका अनुसार त्यो रुख निकै विषालु हुन्छ ।
त्यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छन् ।
संसारकै खतरनाख मध्यको सो रुखले हृदयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जसका कारण मानिसको मृत्यु समेत हुन सक्दछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया