जगदम्बा स्टिल्सद्वारा उत्कृष्ट विध्यार्थीलाई पुरस्कार हस्तान्तरण

काठमाडौं । शंकर ग्रुप अन्तर्गतको भगिनी संस्था जगदम्बा स्टिल्स कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत पाँचौ पटक पुरस्कार वितरण गरेको छ ।

जगदम्बाले फागुन २९ गते बिहीवार इन्जिनियरिङ्ग अध्ययन संस्थान, थापाथली क्याम्पस प्राङ्गणमा पुरस्कार तथा प्रमाणपत्र वितरण समारोह आयोजना गरेको हो ।

शंकर ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक क्षेत्रमा सकारात्मक योगदान दिने उदेश्यसहित यस्ता कामहरु गर्दै आइरहेको जनाएको छ ।

उक्त कार्यक्रममा जगदम्बा स्टिल्सबाट पदम प्रसाइद्वारा आयुषा खनाललाई स्वर्ण पदकसहित ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो । खनाललाई २०५२ सालमा इन्जििनियरिङ्ग अध्ययन संस्थानद्वारा संचालित परिक्षामा प्रथम भएवापत उक्त पुरस्कार हस्तान्तरण गरिएको हो ।

त्रिभुवन विश्वविद्यायलका रजिष्ट्रार प्रा.डा. धर्मकान्त बास्कोटाको प्रमुख आथित्यतामा उक्त पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?