अप्रेसनबीचमै छोडेर भागे डाक्टर, बिरामीको मृत्यु भएपछि भयो हंगामा…

काठमाडौं । भारतको गुडगाँउको एक प्रसिद्ध अस्पतालमा चिकित्सकले बिरामीको उपचारमा लापरबाही गरेको आरोप लागेको छ । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमै हंगामा मच्चाएका छन् ।

पीडित परिवारकाअनुसार जुन अर्थोपेडिक सर्जनको नाम लिएर उपचार गराइएको थियो अप्रेसन सकिँदा ती डाक्टर कतै देखिएनन् । आफन्तले डाक्टरलाई भेट्न खोज्दा डाक्टर उपस्थित नभएको बताइयो । तोकिएका डाक्टर अप्रेसन चल्दाचल्दै फ्लाइट समातेर हिँडेको आफन्तको दाबी छ ।

अपरेसनपछि रक्तचाप नियन्त्रण नभएर बिरामीको मृत्यु भयो । बिरामीको मृत्युपश्चात बिरामीका आफन्तले हंगामा मच्चाउन थालेपछि अस्पताल व्यवस्थापनले घटनालाई साम्मे बनाउन खोजको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?