ग्लोबल आइएमइ र शंकरदेब क्याम्पसबीच सम्झौता, मोबाइल बैंकिङ्ग मार्फत शुल्क तिर्न सकिने

काठमाडौं । शंकरदेव क्याम्पसमा अध्ययन गर्ने विध्यार्थीहरुले ग्लोबल आइएमइ बैंकमार्फत शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ग्लोबल आइएमइ बैंक र शंकरदेब क्याम्पसबीच इन्टरनेट प्रयोग गरि बिध्यार्थीहरुले विभिन्न शुल्क भुक्तानी गर्न सकिने गरि सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइयो) पर्शुराम कुँवर तथा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख कृष्ण प्रसाद आर्चायले हस्तारक्षर गरेका छन् ।

उक्त सम्झौताले शंकरदेव क्याम्पसमा अध्यनरत सम्पूर्ण बिध्यार्थीहरुमा सहजता थपिएको छ ।

सम्झौता अनुसार अब बिध्यार्थीहरुले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क बैंकको मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?