हेर्नुहोस् २०७६ साल चैत्र महिनाको राशिफल

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ)

समय मिश्रित रहेकोले खर्चालु यात्रा हुन सक्दछ ध्यान दिनुहोला । कार्य क्षेत्रमा आलोचना सहितको जन समर्थन प्राप्त हुनेछ ।

राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी कठिनाई तथा असजिलो परिस्थितीको सामना गर्नु पर्ने योग रहेको छ । आँखा,हड्डी तथा मुटु सम्बन्धी पुराना बिरामी हरुले ख्याल गर्नुहोला ।

आफन्त,घर परिवार तथा साथिभाईसँग सैद्धान्तिक विषयमा मतभेद बढ्नेछ भने मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडी बढेर फाईदा हुने देखिन्छ ।

तरपनि विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ । शिक्षा तथा कामको लागि लामो दुरिको विदेश यात्राको तय हुनेछ ।

लेखन कला तथा साहित्यको क्षेत्रमा लगानी गर्नेहरुका लागि समय उत्तम रहेको छ । प्रयत्न गर्दा आम्दानी बढ्ने तथा लगानीका क्षेत्रहरु भेटिनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ ।

विलाशी वस्तुको प्रयोग गर्न पाईने तथा भौतिक सम्पत्ती हात लागी हुने योग रहेको छ । तरल पदार्थ तथा सौन्दर्यको सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ ।

वृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वो)

धर्म तथा आध्यात्मिकतामा मन जानेछ भने लामो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पैत्रिक धन तथा भौतिक सम्पत्ती हात लागी हुने योग रहेको छ ।

बिपरित लिङ्ग तथा साथी संगतले फाईदा हुने तथा विलाशी सामान प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । विद्यार्थी वर्गहरुले विद्या तथा प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धीहरुलाई हराउँदै नतिजा आफ्नो पक्षमा पार्न सक्नेछन् ।

राजनीतिकर्मी तथा समाजसेवामा समय लगानी गर्नेहरुले राज्यबाट लाभ तथा सम्मान पाउने समय रहेको छ । नोकरीमा पदोन्नती तथा व्यापार व्यवसायमा बढोत्तरि हुने गतिलो सम्भावना रहेको छ ।

लामो समयदेखि थाति रहेका काम तथा मुद्दाहरु किनारा लाग्नेछन् । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरेर प्रशस्त धन तथा सम्पत्ती कमाउन सकिनेछ ।

शुभ तथा मांगलिक सभा समारोहमा सहभागी भई स्वादिष्ट भोजन गर्ने अवसर जुर्नेछ । महिनाको अन्ततिर खर्च बढेता पनि व्यापार व्यवसायमा समय दिनेहरुले प्रशस्त आम्दानी गर्न सक्नेछन् ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)

प्रशासनीक तथा सरकारी क्षेत्रमा तपाईकै वर्चश्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरु समाजका पक्षमा हुनेछन् ।

योजनाहरु चुश्तरुपमा अगाडी बढ्नेछन् भने चुनौतिका पर्खालहरु आफै ढल्नेछन् । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाईने हुदा मन प्रशन्न रहनेछ ।

शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । विद्या तथा प्रतिस्पर्द्धामा विद्यार्थी वर्गहरुले आफ्नो प्रतिस्पर्द्धीहरुलाई हराउन अली वढी मिहेनत गर्नुपर्नेछ ।

माया प्रेममा कहिले नजिक त कहिले टाडा हुने अवस्था रहेपनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

एकादश भावमा गोचर गर्ने शुक्रले व्यापार व्यवसायमा मनग्गे नाँफा कमाउँन सकिनेछ भने विलाशीताका सामानको व्यापारमा उल्लेख्य सुधार आउनेछ ।

यात्रा गर्दा ध्यान दिनुपरे पनि असजिलो अवस्था सिर्जना हुने छैन । गोचरमा बुधको प्रभाव राम्रो हुनाले लेखन कला तथा वाणीमा सुधार गर्दै उन्नतीका पाईला अगाडी बढाउन सकिनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)

कर्कट राशि भएका व्यक्तिहरुका लागि महिनाभर नै सूर्य भाग्य भावमा, बुध २३ गतेसम्म अष्टम भावमा २४ गतेपछि भाग्य भावमा,शुक्र १४ गते सम्म राज्य भावमा र १५ गतेबाट आए भावमा गोचर गरिहेका छन् ।

संघर्षका बावजुद,राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि राज्यबाट पद प्राप्तीको योग रहेको छ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ ।

नयाँ काम पाउने तथा नोकरीमा मान सम्मान पाईने योग रहेको छ । खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ ।

सरकारी जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठूलाबढा तथा विशिष्ट व्यक्तिहरुको आशिर्वाद पाईने हुदा मन प्रशन्न हुनेछ ।

भाग्यले साथ दिने हुनाले अध्यात्म तथा धर्म सँग सम्बन्धीत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । गीतकार,संगीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

स्कूल,कलेज,बैंक तथा बित्तिय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ती आर्जन गर्न सकिनेछ ।

माया प्रेम गर्नेहरुले आफ्नो मायालुको साथ पाउनेछन् । तर पनि घर गृहस्थीमा व्यवहारिक कुरा नमिल्दा केहि असहज परिस्थितिको सिर्जना नहोला भन्न सकिन्न ।

सिंह (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे)

सिंह राशि भएका व्यक्तिहरुका लागि सूर्य कष्ट भावमा,बुध २३ गतेसम्म व्यापार भावमा २४ गतेपछि कष्ट भावमा,शुक्र १४ गतेसम्म भाग्य भावमा १५ गतेबाट राज्य भावमा गोचर गरिहेका छन् ।

महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनिति तथा समाजसेवामा तपाईको उपश्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रीय घट्ना नघट्ला भन्न सकिन्न ।

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझावलाई बेवास्ता गर्दा दुख पाईनेछ । स्थायी सम्पत्तीमा विवाद आउने योग रहेको छ भने दिदि बहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुन सक्छ । तर पनि बुध,शुक्र तथा अरु ग्रहको अनुकुल प्रभावले व्यापार व्यवसाय फस्टाएर जानेछ ।

मिहेनत गर्दा पढाई लेखाईमा उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ । नसोचेको धन तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ । पत्रकार,उद्योगी व्यापारी,खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

महिलाहरुले फेन्सि तथा कस्मेटिक व्यवसायमा लगानी गर्दा आम्दानीमा बढोत्तरी हुने योग रहेको छ । आँखा,हड्डी,मुटु तथा मेरुदण्ड सम्वन्धी रोगबाट पिडीत भएकाहरुले भने सचेत हुनु जरुरी देखिन्छ ।

कन्या (टो, पा, पी,पु,ष,ण,ठ,पे,पो)

कन्या राशि भएकाहरुका लागि सूर्य व्यापार भावमा,बुध २३ गतेसम्म छैटौ भावमा र २४ गतेपछि व्यापार भावमा,शुक्र १४ गते सम्म कष्ट भावमा र १५ गतेबाट भाग्य भावमा,मंगल १३ गतेसम्म सुख भावमा र १३ गतपछि विद्या भावमा,शनि विद्या भावमा गोचर गरिहेका छन् ।

व्यापार भावमा गोचर गर्ने सूर्यले घर परिवार तथा जीवन साथीसँग राय बाजिए पनि थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवश्यकताहरु पूरा गर्न सकिने हुनाले मन प्रशन्न रहनेछ ।

ट्राभल तथा पर्यटनका क्षेत्रमा गरिएको लागानीबाट न्यून आम्दानी हुनेछ । तरपनि अन्य ग्रहको अनुकुल प्रभाव रहने हुनाले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्द्धामा प्रतिश्पर्द्धाहरुलाई सजिलै हराउन सकिनेछ । विभिन्न अवसरहरुको सही तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धी हात पर्नेछन् ।

वौद्धिकताको उपयोग गरी आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुन्दर तथा विलाशी पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । राजनीति,व्यापारी,पत्रकार,विद्यार्थी र मेडिकलको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

तुला (रा, री रु, रे, रो, ता, ती, तू ,ते)

तुला राशि भएकाहरुका लागि यो महिना उत्तम रहेको छ । छैटौ भावमा महिनाभर नै गोचर गर्ने सूर्यले शाहसी काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिस्पर्द्धीहरु पनि सहयोगी बन्नेछन् ।

नोकरिमा हुने प्रतिस्पर्द्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । अदातल तथा न्यायालयबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न हुनेछ ।

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ भने पद प्राप्तीको योग रहेको छ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउनेछ ।

बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यवसाय थालनी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । थाती रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउनेछ ।

प्रेम बन्धनमा बाँधिने गतिलो सम्भावना रहेको छ भने छुट्टिएका प्रेम सम्बन्धहरु पुनर्मिलन हुने प्रशस्त सम्भावना रहेको छ । नयाँ कार्ययोजना बनाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

राजनीतिकर्मी,समाजसेवी,पत्रकार,खेलाडी,विद्यार्थी तथा मेडीकल क्षेत्रसँग सम्बन्धीत व्यक्तिहरुका लागि समय उत्तम रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू)

वृश्चिक राशि भएका व्यक्तिहरुका लागि पञ्चम भावमा सूर्य,२३ गतेसम्म सुख भावमा र २४ गते बाट पञ्चम भावमा बुध, १४ गते सम्म छैटौँ भावमा र १५ गतेबाट व्यापार भावमा शुक्र, राशि स्वामी मंगल धन भावमा र पराक्रम भावमा भावमा,शनी पराक्रम भावमा गोचर गरिरहेका छन् ।

खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुश्किल पर्नेछ ।

अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

समयमा काम नसकिने तथा वौद्धिक व्यक्तित्वसँग सैद्धान्तिक राय बाजिनेछ । तर पनि बुध,शुक्र तथा पराक्रम भावमा गोचर गरिरहेको मंगलको अनुकुल प्रभावले राननीति तथा समाजसेवमा जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो योग बनेको छ ।

लेखन,कला तथा सहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि समयले साथ दिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

भूमि तथा पैत्रिक धन प्रयोग गरि मनग्गे धन सम्पत्ती कमाउन सकिनेछ । स्वास्थ्यमा पेट तथा श्वास प्रश्वास सम्बन्धी पुराना बिरामीहरुले बिषेश ध्यान दिनु जरुरी छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धनु राशि हुनेहरुका लागि सुख भावमा सूर्य, २३ गतेसम्म पराक्रम भावमा र २४ गतेपछि सुख भावमा बुध, १४ गते सम्म विद्या भावमा र १५ गतेबाट प्रतिस्पर्द्धा भावमा शुक्र गोचर गरिहेका छन् ।

सुख भावमा महिनाभर सूर्यको प्रभावले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकैनै मेहनेत गर्नुपर्ने भएकोले राजनितिकर्मि,समाजसेवी तथा घर जग्गाको व्यापारीहरुका लागि समय मध्यम रहेको छ ।

आमाको स्वास्थ्यमा समस्या आउन सक्दछ ध्यान दिनुहोला । छाती सम्बन्धी तथा श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्दछ ध्यान दिनुहोला ।

बुध,शुक्र तथा मंगलको प्रभाव भने अनुकुल हुनेछ । राज्य संयन्त्रको नजिक जस्तै निजामती,फौजि तथा संस्थानमा र प्राईभेट कम्पनीहरुका काम गर्नेहरका लागि समयले साथ दिनेछ ।

लेखन कलाको माध्ययमबाट आफ्नो विचारहरु जनमानसमा लैजान सकिनेछ । भौतिक तथा विलाशी वस्तुको कारोबार गर्नेहरुले मनग्गे धन सम्पत्ती जोड्न सक्नेछन । उपाहार तथा चिठ्ठा प्राप्तीको गतिलो योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो, ख, खी, खू,खे, खो,गा,गी)

मकर राशि भएका व्यक्तिहरुका लागि यो महिना समय उत्तम रहेको छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मि तथा कुटनीतिको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

खेलाडी तथा पराक्रमी क्रिर्याकलापमा समय लगानी गर्नेहरुले प्रशस्त धन तथा सम्पती संग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् ।

विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्रा तय हुनेछ । जीवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ ।

दाजुभाई तथा छिमेकिसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ ।

वादविवाद तथा प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धीहरुलाई सजिलै हराएर अगाडी बढ्न सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भूमिका निर्वाह गर्नेछ ।

माया प्रेमका सम्बन्धहरु विवाहमा परिणत गर्ने सहमति जुट्नेछ ।

कुम्भ (गू ,गे,गो,सा,सी,सू ,से,सो,दा)

कुम्भ राशि भएका व्याक्तिहरुका लागि दोस्रो भावमा सूर्य, २३ गतेसम्म राशि भावमा र २४ गतेपछि धन भावमा बुध,शुक्र १४ गतेसम्म पराक्रम भावमा र १५ गतेबाट सुख भावमा गोचर गरिहेका छन् ।

दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई क्याच गर्न नसस्दा उपलब्धी हातबाट फुत्किनेछ ।

धन सम्पत्ती हराउने,लुटिने तथा स्थाई सम्पत्तीमा विवाद हुन सक्दछ ध्यान दिनुहोला । टाउको,आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न ।

तरपनि बुध,शुक्र र मंगलको अनुकुल प्रभावले साहित्य लेखन तथा संगीतको क्षेत्रमा निखारता आउने तथा बिशेष उपलब्धी हासिल हुनेछ ।

होटल तथा रेष्टुरेन्टको क्षेत्रबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिस,अधिवक्त तथा नोकरिमा प्रतिस्पर्द्धा गर्नेहरुका लागि समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ ।

मीन (दी,दू ,थ,झ,ञ,दे,दो,चा,ची)

मीन राशि भएका व्यक्तिहरुका लागि खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ ।

आफन्त तथा अग्रजहरुसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्दछ ध्यान दिनुहोला ।

स्वास्थ्यमा विशेष गरी उक्त रक्तचाप,टाउको दुखाई,आँखा तथा मौषमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । पेट सम्बन्धी समस्या नआउला भन्न सकिन्न ।

आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ । तरपनि बुध र शुक्रको अनुकुल प्रभावले पराराष्ट्र तथा कुटनितिको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने गतिलो सम्भावना रहेको छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

माया प्रेममा मनमुटाव सिर्जना भएपनि अन्ततः एक अर्काको भावना बुझेर सम्बन्धलाई सुधार गर्दै लैजान सकिनेछ ।

तपाईको दिन शुभ रहोस्।
ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?