काठमाडौं । अहिले हामीलाई धेरै प्रभावित बनाएको केहि वस्तु छ भने त्यो इन्टरनेट नै हो । इन्टरनेटले शिक्षा, ज्ञान विज्ञान जताततै प्रभावित बनाएको छ ।
जीवको त्यस्तो कुनै क्षेत्र छैन, जसको परिभाषा इन्टेनेटले नबदलेको होस् । तर इन्टरनेटको सहि प्रयोग भने सञ्जीवनी बुटी भन्दा कम छैन । र गलत प्रयोग भयंकर विष समान हुन्छ ।
त्यसैले आज हामी तपाईहरुलाई इन्टरनेटको बारेमा महत्वपूर्ण कुराहरुको जानकारी दिनेछौँ ।
१. इन्टरनेटबाट बेचिएको पहिलो सामान सन् १९७१ मा गाँजाले भरिएको ब्याग थियो ।
२. अमेरिकामा १५ प्रतिशत भन्दा धेरै वयस्क मानिसहरु इन्टरनेटको प्रयोग गर्दैनन् ।
३. इन्टरनेटको अत्याधिक प्रयोग तपाईको लत बन्न सक्दछ, इन्टरनेटको लतबाट छुटकरा पाउन चीनमा त्यसका लागि ट्रिटमेन्ट क्याम्प चलाउने गरिन्छ ।
४. हरेक दिन ह्याकर्सद्वारा ३० हजार वेबसाइट ह्याक गरिन्छ ।
५. इन्टरनेटमा रहेको ग्यांगनम स्टाइल सबैभन्दा धेरै देखिने वाला भिडियो हो, जसलाई अहिलेसम्म २५० करोड पटक हेरिसकिएको छ ।
६. इन्टरनेटमा सबैभन्दा पहिला रजिस्टर भएको डोमेन स्याम्बोलिक्स डटकम थियो ।
७. सारा विश्वभरमा प्रतिसेकेण्ड २ लाख ४० हजार वटा ईमेल पठाइन्छ ।
८. जब गुगलमा केहि शब्द टाइप गरिन्छ, त्यस सम्बन्धीत जानकारी हामीसँग ०.२ सेकेण्डमा पठाउँनको लागि गुगल १००० को प्रयोग गर्दछ ।
९. संसारको सबैभन्दा राम्रो औसत स्पीड २५.३ एमबीपिएस हो, जो साउथ कोरियामा उपलब्ध छ ।
१०. युट्युबमा प्रति सेकेण्ड लगभग १ लाख भिडियो हेर्ने गरिन्छ ।
फेसबुक बारे जान्नै पर्ने ५ रोचक तथ्य !
काठमाडौं । आजको युग सूचना र सञ्चारको युग हो । हिजो आज घन्टौ सम्म मोबाइलबाट फेसबुक चलाउँछन् सामान्य भईसक्यो । विश्वभरका अधिकांश मानिसरू मोबाइलबाट फेसबुक चलाउँछन् र विश्वभर घटिरहेका विविध घटनाहरुको जानकारी लिईरहेका हुन्छन् ।
फेसबुक साइटमार्फत युजरनेम र पासवर्ड राखेर फोटो तथा आफूलाई मन लागेका विविध विषयका जानकारी तथा विचार पोष्ट गर्छौ । तर दैनिक सूचनाको पहुँच पुर् याउने फेसबुकमा भएका महत्वपूर्ण तथ्यहरुका बारेमा हामीलाई खास जानकारी हुँदैन ।
फेसबुकमा भएका पाँच महत्वपूर्ण रोचक तथ्य यस्ता छन्ः
१) हामीले फेसबुकमा जे टाइप गछौं त्यो सिधै फेसबुकको सरभरमा स्क्रिनमा देखाउँछ जुन हामीले पोष्ट गरेका हुँदैनौ । हामीले गलत मनसायले कुनै सामग्री टाइप गर् यौं भने त्यो पोष्ट गर्नुभन्दा अगाडि नै फेसबुकले ट्रयाक गरिरहेको हुन्छ ।
२) हामीले बैंकमा रकम जम्मा गर्न खोलेको खातामा आफ्नो निधनपश्चात कसलाई अधिकार दिने भनेर मनोनयन गरिए जस्तै आफ्नो निधनपश्चात फेसबुक कसलाई चलाउने दिने हो मनोनयन गर्न सकिन्छ ।
३) फेसबुक एकाउण्ट प्रयोगकर्ताको निधन भएपछि त्यस्ता एकाउण्ट मृत एकाण्टको रुपमा रहन्छन्, हाल यस्ता एकाउण्ट १८ करोड भन्दा बढीको संख्यामा रहेको मानिएको छ ।
४) फेसबुकले सार्वजनिक गरेको एक जानकारी अनुसार प्रत्येक मिनेट १८ लाखपटक लाइक बटन थिच्ने गरिन्छ ।
५) दैनिक नियमित रुपमा लामो समय फेसबुकमा व्यस्त रहनेहरुलाई एक प्रकारको रोग लागिसकेको छ जसलाई वैज्ञानिकहरुले ‘फेसबुक एडिक्सन् डिसअर्डर’ नाम दिएका छन् ।
साबधान! फेसबुकमा टाईप गर्दै मेटाउँदै गर्ने गर्नुभएको छ ? फेसबुकबारे थाहा नभएका अनौठा कुरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया