काठमाडौं । इतिहासमा केहि यस्ता महान नेताहरु छन् जसले आफ्नो दृढशक्तिले पुरै देशको दिशा र दशा दुबै बदलि दिएका छन् ।
त्यस्तै महान लिडरहरुको सूचीमा पर्दछन् मार्टिन लुथर किङ्ग जेआर । मार्टिन लुथर किङ्गलाई अमेरिकामा काला जातीहरुको अधिकार दिलाउने व्यक्तिको रुपमा सम्झिने गरिन्छ ।
उनले २८ अगस्ट सन् १९६३ मा वाशिंगटनमा ऐतिहासिक भाषण दिएका थिए ।
१. हरेक पर्वतलाई बन्धनबाट मुक्त हुन दिनुहोस् ।
२. मेरो एउटा सपना भनेको कसैले शिर निहुर्याउनु नपरोस् भन्ने हो ।
३. श्वेत र अश्वेतले एक अर्कालाई दाजुभाई भन्ने वातावरण सिर्जना गराउनु मेरो कर्तव्य र लक्ष्य हो ।
४. बच्चाहरुको मूल्यांकन छाला हेरेर होइन, उसको चरित्र हेरेर गर्नुहोस् ।
५. एउटा यस्तो दिन आउनेछ जुन दिन भगवानका सबै भक्त एक नयाँ अर्थका साथ भगवानको नाम जप्नेछन् ।
६. अन्याय र अत्याचारको सिमा नरहेपछि भगवान पक्कै एकदिन आउनेछन् ।
७. जब कर्मचारी र मालिककोबीचमा भाईचाराको सम्बन्ध हुन्छ तब मात्र देश समृद्ध बन्दछ ।
८. म यो सत्यलाई मान्दछु कि सबै मानिस जन्मिदा बराबरी हुन्छन् ।
९. आज जति कठीनाईसँग लड्छौ भोली त्यति नै सुख र सन्तोस मिल्दछ ।
१०. हामी एक्लै कहिल्यै अगाडि बढ्न सक्दैनौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया