यस्तो हुन्छ ‘बी’ बाट नाम आउनेको स्वभाव

काठमाडौं । नामको पहिलो अक्षर तपाईको राशीअनुसार राख्ने गरिन्छ । यसबाट तपाईको स्वभावको कैयौँ कुराहरु थाहापाईन्छ । मानिसहरु धनसम्पती पाउनको लागि आफ्नो नाम समेत बदल्ने गर्छन् । किनकी नामले तपाइँको भविष्यको पनि निर्माण गर्छ । आज हामी ‘बी’ अक्षरबाट नाम सुरु भएका मानिसको स्वभावको बारेमा जानकारी गराउछौँ ।

‘बी’ बाट नाम सुरु हुने मानिसहरुको मन एकदमै कोमल हुन्छ । साना कुराहरुले यिनीहरुलाई चोट पु-याउँछ भने साना कुराहरुले नै यिनीहरुलाई एकदमै खुशी बनाउँछ । उनीहरुलाई फकाउन एकदमै सजिलो हुन्छ ।

यदि साथै कुनै गल्ती गरेमा त्यस्ता गल्तीहरु फेरी नदोहो-याउने प्रयास गर्छन् । ‘बी’ बाट नाम सुरु हुने ब्यक्तिहरु एकदमै रोमान्टिक हुने गर्छन् । रोमान्टिक हुनुका साथै यस्ता ब्यक्तिहरु आफ्नो साथी आफैँ चुन्ने गर्छन् । ‘बी’ बाट ना सुरु हुने धेरै ब्यक्तिहरुको प्रेम बिवाह हुन्छ ।

‘बी’ बाट नाम सुरु हुने मानिसहरुले पैसालाई एकदमै धेरै प्राथमिकतामा राख्छन् । यसका साथै बाहिरी आवरण पनि उनीहरुको लागि एकदमै महत्वपूर्ण हुन्छ । उनीहरु सुन्दर नभए पनि आफुलाई राम्रोरराम्री बन्नको लागि हरदम तत्पर रहन्छन् । पैसा बचाउने कोसिस गर्छु भन्दाभन्दै पनि यस्ता ब्यक्तिहरुको पैसा बिभिन्न कारणले खर्च भईरहेको हुन्छ । प्राकृतिक वातावरण मनपर्ने ‘बी’बाट नाम आउनेहरु बिभिन्न स्थानहरु घुम्न रुचाउँछन् ।

‘बी’बाट ना सुरु हुने मानिसहरु एकदमै हिम्मतिला पनि हुन्छन् । यिनीहरु बिभिन्न एडभेन्चरस कामहरु गर्न रुचाउछन् । यस्ता मानिसहरु जोखिमयुक्त क्षेत्रहरुमा काम गर्न पनि मन पराउँछन् । यस्ता मानिसहरु खर्चालु भएता पनि पैसाको कमी भने हुदैँन । यदि उनीहरुले मेहनतको गरेमा मेहनतको फल एकदमै सजिलै प्राप्त गर्छन् ।

‘बी’बाट नाम आउनेहरु अलिकति मुडि स्वभावको हुने भएकोले धेरै मानिसहरुले उनीहरुलाई घमण्डी पनि भन्छन् । यस्ता मानिसहरु प्रशंशा गर्न माहिर हुन्छन् । धेरै साथी बनाउन नरुचाउने यिनीहरुको जो साथी बन्छ त्यो भने दमदार साथी बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?