फिओरेन्टिनाका फरवार्ड प्याट्रिकलाई कोरोना संक्रमण

काठमाडौं । ईटालियन क्लब फिओरेन्टिनाका फरवार्ड प्याट्रिक कट्रोनलाई कोरोना भाईरसको संक्रमण देखिएको पुष्टि भएको छ ।

प्रिमियर लिग क्लब उल्भ्सका लोनका खेलाडी कट्रोनलाई परिक्षणको क्रममा पोजेटिभ देखिएको हो । योसँगै फिओरेन्टिनाका दुई खेलाडी कोरोनाबाट संक्रमित रहेको पुष्टि भएको छ ।

२२ बर्षका ईटालियन खेलाडी गत जनवरीमा १८ महिनाको लोनमा फर्किएका थिए । शनिबार फिओरेन्टिनाले कट्रोनलाई कोरोना भएको पुष्टि गरेको छ । सर्बियन फरवार्ड दुसान वल्कोविचलाई समेत परिक्षण गर्दा शुक्रबार पोजेटिभ देखिएको थियो ।

कोरोनाबाट ईटाली धेरै प्रभावित देखिएको छ । ईटालीको खेल कार्यक्रम अप्रिल ३ सम्मका लागि स्थगित गरिएको छ । ईटालीमा सार्वजनीक कार्यक्रम गर्न समेत बन्द गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?